नियम ४३
शपथ ग्रहण
न्यायाधिकरणका सदस्यहरू र पुनरावेदन सुन्ने अधिकारीले आ–आफ्नो ओहदाको जिम्मेवारी सम्हाल्नु भन्दा अगाडि अनुसूची–७ बमोजिमको ढाँचामा सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीश समक्ष आफ्नो ओहदाको शपथ ग्रहण गर्नु पर्नेछ ।